scheduleबुधवार श्रावण ८ गते, २०७६

इङल्याण्डले टस हार्‍यो, अष्ट्रेलियाले पहिला ब्याटिङ गर्दै

काठमाडौं, २६ असार । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत दोस्रो सेफिफाइनलमा  आज अष्ट्रेलिया र इङल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

आजको खेलमा अष्ट्रेलियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । अष्ट्रेलिया र इङल्याण्डबीचको खेल केही समयपछि बर्मिङघमको एजब्यास्टन मैदानमा सुरु हुनेछ ।

अस्ट्रेलियाका लागि यो आठौँ  सेमिफाइनल हो । यसअघिका सबै सेमिफाइनलमा अस्ट्रेलियाले जित हात पारेको इतिहास छ ।

यता इङ्ल्याण्ड अन्तिम चारमा पुगेको यो छैटौँ पटक हो । पछिल्लो पटक खेलेका ५ सेमिफाइनलमध्ये इङ्ल्याण्डले ३ वटामा जीत र २ वटामा हार व्यहोरेको छ ।

अस्ट्रेलिया र इङ्ल्याण्ड ४४ वर्षपछि सेमिफाइनलमा आमनेसामने हुन लागेका हुन् । पछिल्लो पटक अस्ट्रेलियाले सन् १९७५ को विश्वकपको सेमिफाइनलमा इङ्ल्याण्डलाई ४ विकेटले पराजित गरेको थियो ।

त्यसैले आजको खेलमा हालसम्म सेमिफाइनलमा अपराजित अष्ट्रेलियालाई हराएर इतिहास रच्ने उद्देश्यले इङल्याण्ड मैदानमा उत्रने छ ।

अष्ट्रेलिया र इङल्याण्डले एकआपसमा १४८ एक दिवसीय खेल खेलेका छन् । यसमध्ये अस्ट्रेलियाले ८२ र इङ्ल्याण्डले ६१ वटा खेलमा जित हात पारेको छ  भने २ वटा खेल बराबरीमा र २ वटा खेल नतिजाविहीन भएर टुङ्गिएका छन ।

त्यस्तै अष्ट्रेलिया र इङल्याण्डबीच ८ पटक प्रतिस्पर्धा भएको ५ । जसमध्ये अस्ट्रेलियाले ६ र इङ्ल्याण्डले २ खेल जितेको छ ।

आज जित हात पार्ने टोलीले जुलाई १४ मा हुने फाइनलमा न्युजिल्याण्डसँग उपाधिका लागि भिड्नु पर्नेछ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डले भारतलाई पराजित गरिसकेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob