scheduleशुक्रवार कार्तिक १ गते, २०७६

छविले शिल्पासँग माफी मागेपछि घरझगडा मिल्यो

काठमाडौं, २६ असार । नायिका शिल्पा पोखरेल उनका श्रीमान छवी ओझाबीचको झगडा सहमतिमा टुंगिएको छ ।

शिल्पाले प्रहरीसमक्ष दिएको उजुरी बिहीबार छलफलबाट छिनोफानो भएको हो । काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षबीचको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ ।

यसअघि नायिका पोखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै प्रहरीसमक्ष उजुरी दिएकी थिइन् । पोखरेलको सुरक्षामा कुनै आँच नपुग्याउने गरी ओझाले लिखित सम्झौता गरेका छन् । त्यसक्रममा ओझाले शिल्पासँग माफी समेत मागेका थिए ।

दुबैजनाबीच सहमति  भएपछि प्रहरीमा दिएको उजुरी समेत टुंगिएको छ ।

शिल्पाले आफ्नो उजुरीमा ओझाले दुर्व्यवहार, कुटपीट र धम्की दिएको उल्लेख गरेकी थिइन् । तर ओझाले भने शिल्पासँग सामान्य झगडामात्रै भएको बताएका छन् ।

सहमतिपछि शिल्पा  र छवि सँगै बस्छन् वा बस्दैनन् भन्ने प्रस्ट भइसकेको छैन ।

शिल्पा र छविराजले २०७३ सालको दशैंमा गोप्य रुपमा बिहे गरेका थिए । शिल्पा छविकी चौथो श्रीमति हुन् ।

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage