scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

विश्वकप क्रिकेट सेमिफाइनल : अष्ट्रेलियाको खराब सुरुवात, फिन्च शून्य रनमा आउट

काठमाडौं, २६ असार । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत दोस्रो सेफिफाइनलमा अष्ट्रेलियाले खराब सुरुवात गरेको छ ।

बर्मिङघममा टस जितेर इङल्याण्डविरुद्ध पहिला ब्याटिङमा उत्रेको अष्ट्रेलियाले खराब सुरुवात गरेको हो । अष्ट्रेलियाका ओपनर एरन फिन्च कुनै रन नै नजोडी आउट भएका छन् ।

फिन्चलाई इङल्याण्डका जोफ्रा आर्चरले एलबिडब्लुबाट आउट गराए। त्यस्तै अर्का ओपनर डेभिड वार्नर ११ बलमा २ चौकासहित ९ रन मात्रै बनाएर आउट भए ।

वार्नरलाई क्रिस वोक्सको बलिङमा जोनी बेयरस्टोले क्याच आउट गरे । यता अष्ट्रेलियाका पिटर ह्याण्डकमलाई वोक्सले नै बल आउट गरे । ह्याण्डकमले १२ बलमा ४ रन बनाए ।

ताजा अवस्थामा अष्ट्रेलियाले ११ ओभरको खेल सकिँदा ३ विकेटको क्षतिमा २८ रन मात्रै जोडेको छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage