scheduleआइतवार भाद्र ८ गते, २०७६

सुत्केरी वार्डबाटै नवजात शिशु चोर्ने नन्द-भाउजु पक्राउ

काठमाडौं, २६ असार । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बुधबार राति अपहरण गरिएका एक शिशुको  सकुशल उद्वार गरिएको छ ।

शिशु अपहरण भएको जानकारी पाउनासाथ प्रहरीले उद्वार गरेको हो । अस्पतालको प्रसूति वार्डबाटै अपहरणमा परेका भोक्राहा–१ की बबिता मेहताका १३ दिने छोराको तीन घण्टापछि उद्धार गरिएको हो ।

बबिता र उनका कुरुवा भजित रोशन निदाएको मौका छोपी दुई जना महिलाले ती नवजात शिशुको अपहरण गरेका थिए।

नवजात शिशुको अपहरणमा संलग्न दुई महिलालाई धरान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान १५ माइती भई भारतको दिल्ली बस्ने २७ वर्षीया लीला विक र उनकी भाउजू मीना लिम्बू (विक) छन् ।

विक र लिम्बुले नवजात शिशुलाई दिल्ली लैजाने तयारी गरेको प्रहरीले जनाएको छ । लीलाले आफ्नो कुने सन्तान नभएकाले  छोरा बनाई पाल्ने उद्देश्यले नवजात शिशुको अपहरण गरेको बयान प्रहरीलाई दिएकी छिन् ।

विक र लिम्बुले यसरी चोरेका थिए शिशुलाई

लीला कुरुवाको भेषमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गाइनो वार्डमा केही दिनदेखि खटिइरहेकी थिइन् । नवजात शिशु स्याहार, आमाको सरसफाइ, लुगा धोइदिने, खाना ल्याइदिने लगायत काम समेत गरेकी थिइन् ।

बुधबार बबिता रहेको क्याबिनमै आएर लीला सुतेकी थिइन्  । ‘सहयोगी’ नै छेउमा सुतेपछि बबिताले शंका गरिनन् र ढुक्कसँग सुतिन् । केही पनि भनिनन्।

तर, राति अबेर १२ बजे ब्युझिँदा शिशु थिएन। बबिता आत्तिइन्। डाक्टर गुहारिन्। नजिकैको क्याबिनमा रहेकाहरु भेला भए।
शिशु बेपत्ता भएपछि बबिता रोइकराइ गर्न थालिन्। भेला भएकाहरुले प्रहरीलाई फोन गरे।

प्रहरी आयो। ती महिलाले केही प्रतिक्रिया दिइरहेकी थिइनन्। वरपर कोही पनि बच्चा उठाउने खालको मान्छे नदेखेपछि प्रहरीले नजिकै रहेकी लिलालाई सोधपुछ गर्‍यो।

प्रहरीको सोधपुछपछि उनको अनुहारको रुपरङ छिनमै परिवर्तन हुन थाल्यो र सबैको शंकामा उनी नै परिन्।

प्रहरीले लीलाले उनको मोबाइलबाट अन्तिम फोन कसलाई गएको थियो भनेर जाँच गर्‍यो। त्यो नम्बरमा डायल गर्‍यो। फोन उठ्दा शिशु रोइरहेको आवाज सुनियो। लगत्तै लीला र मिनाले शिशु प्रहरीलाई जिम्मा लगाए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage