scheduleबुधवार श्रावण ८ गते, २०७६

संविधानविपरीतका माग सरकारले पूरा गर्न सक्दैन : मन्त्री पण्डित

फाइल फोटो

काठमाडौं, २६ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संविधानभन्दा बाहिर गएर कसैले माग गरेर त्यस्ता माग सरकारले पूरा गर्न नसक्ने बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित ‘संविधानको कार्यान्वयन र प्रशासनिक पुनर्सरचना’ विषय अन्तरक्रिया कार्यक्रमा मन्त्री पण्डितले संविधान भन्दा बाहिर गएर कसैले माग गरे सरकारले पूरा गर्न नसक्ने बताएका हुन् ।

संघीयता कार्यान्यनका लागि सरकारले तीनै तहमा संरचना निमार्ण गरेको र सुझाव सबैको स्वीकार्य हुने तर दबाब कसैको स्वीकार्य नहुने समेत मन्त्री पण्डितको भनाइ छ ।

मन्त्री पण्डितले सडकको भीडले सरकारलाई संविधान विपरित गएर दबाब दिइरहेको समेत आरोप लगाएका छन ।

‘संविधान बनेर कार्यान्वयनको चरणमा छौँ । कार्यान्वयन भइसकेको छैन । हामी संविधानलाई आत्मासाथ गरेर अगाडि बढिरहेका छौँ । डाक्टरले अप्रेसन गर्नु लाग्दा अलिकति त दुःख छ नि ? अलिकति दुःख भन्दैमा अप्रेशन नै नगर्ने त ? डाक्टरलाई हामी भगवान मान्छौँ’, मन्त्री पण्डितले भने, ‘तर मेरो जिउमा चलाउँदा मलाई नै सिध्याइदिन्छ कि भन्ने ठान्ने हो भने स्वास्थ जीवन हुँदैन । संविधानले नै पुनर्सरचनाको माग गरेको छ । नभए त संघीयता कार्यान्वयन नै हुने थिएन ।’

समय क्रमसँगै पहिचान पनि परिमार्जित हुँदै जाने भन्दै मन्त्री पण्डितले संविधान मान्दैन भन्न नमिल्ने तर्क समेत गरे ।

‘केही–केही साथीहरुले भन्ने गर्नुहुन्छ हाम्रो पहिचान गुम्ने भयो भनेर । संविधान बनिसकेपछि कति पहिचान गुमेको छ ?,’ उनले भने,‘संविधान भनेपछि पनि त पहिचान गुमेको छ । पहिलेकै पहिचान पक्रेर बस्ने हो भने संविधानलाई मानेको र अंगालेको हुँदैन । संविधानलाई मान्दैन भन्न मिल्छ ?’

सरकार र कर्मचारीबीच मतभेद रहेको पनि मन्त्री पण्डितले बताए । ‘जता गए पनि गङ्गटा आँ गरिरहेको हुन्छ । गङ्गटाले आफ्नो आमाको जीवन पनि देख्दैन, र आमाले आफ्नो बच्चा पनि देख्दैन । हामी त्यो बाटोमा जान खोजेका हौँ ? होइन । त्यसैले यो गङ्गटे प्रवृतिलाई समाप्त गर्नुपर्छ । सरकारभित्र फेरि अलग–अलग सरकार हुँदैन । सरकार र कर्मचारीबीचको मतभेद समाप्त पार्नुपर्छ,’ उनको भनाइ थियो ।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob