scheduleआइतवार मंसिर १ गते, २०७६

नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटा कांग्रेसमाथि खनिए

काठमाडौं, २६ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले हिंसाप्रति नेपाली कांग्रेसको दृष्टिकोण के हो भन्दै प्रश्न गरेका छन् ।

बिहीबार नियमित पत्रकार सम्मेलनका क्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले हिंसा भइरहेकोप्रति कांग्रेसले नदेखेझै गरेर एकोहोरो सरकारलाई खेदेको आरोप लगाए ।

‘हिंसाको बारेमा नेपाली कांग्रेसको दृष्टिकोण प्रष्ट हुदैन, कांग्रेसको नीति के? नेत्रविक्रम चन्दजीहरुले गरेको हिंसा एकदमै अवैध हो कि हिंसा बन्द गरिनुपर्छ। कांग्रेसको आँखाले के ठहर गर्छ आउनुपरो’, नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटोले भने ।

बाँस्कोटाले हिंसा गर्ने चन्द समूह र हिंसा नगर भन्ने सरकारलाई हेर्ने एउटै नजर कांग्रेससँग रहेको र यसबारे उक्त पार्टी बेलैमा स्पस्ट हुनुपर्ने बताए। उनले हिंसाका बारेमा कांग्रेसको दृष्टिकोण प्रष्ट नभएको बताए। मन्त्री बाँस्कोटाले भने, ‘ यदि दुवैलाई एकघानमा हाल्ने हो भने के कांग्रेस दिनभरी बीपी रातभरी विप्लव हो?’

‘शान्तिपूर्ण रुपमा राजनीति र आन्दोलन गर्न सबैलाई छुट छ । जबरजस्ती हिंसा हत्या,लुटपाट प्रयास गरेर अस्थिरता गराउने कुरामा कांग्रेसले बेलैमा स्पष्ट हुनुपर्छ,’ मन्त्री बाँस्कोटाले भने।
IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage