scheduleबुधवार श्रावण ८ गते, २०७६

फाइनलका लागि अष्ट्रेलियाद्वारा इङल्याण्डसामु सामान्य लक्ष्य प्रस्तुत

काठमाडौं, २६ असार । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत दोस्रो सेफिफाइनलमा अष्ट्रेलियाले इङल्याण्डलाई २२४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

बर्मिङघममा टस जितेर इङल्याण्डविरुद्ध पहिला ब्याटिङमा उत्रेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २२३ रनको सामान्य योगफल जोडेको हो । अष्ट्रेलियाका लागि स्टिभन स्मिथले सर्वाधिक रन बनाएका थिए ।

स्मिथले ११९ बलमा ६ चौकासहित ८५ रन बनाएर आउट भए  । एलेक्स क्यारीले ७० बलमा ४ चौकासहित ४६, मिचेल स्टार्क ३८ बलमा १ छक्का र १ चौकासहित २९ रन तथा ग्लेन म्याक्सवेल २३ बलमा १ छक्का र २ चौकासहित २२ रन बनाएर आउट भए ।

यता डेभिड वार्नर ११ बलमा २ चौकासहित ९, प्याट कमिङ्स १० बलमा ६ रन, पिटर ह्याण्डकम १२ बलमा ४ रनमा आउट भए । कप्तान एरन फिन्च र मार्क स्टोइनिस शून्य रनमा आउट भए ।

अष्ट्रेलियाका नाथान लायनले ५ र जेसन बेहरनडोफले १  रन बनाए ।

इङल्याण्डका लागि आदिल रशिद र क्रिस वोक्सले ३/३ विकेट लिए । त्यस्तै जोफ्रा आर्चरको नाममा २  र मार्क वुडको नाममा १  विकेट रह्यो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob