scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

नयाँ समाजवादको मोडेल दिने नेतृत्वको सपना छः प्रचण्ड


ललितपुर, २६ असार । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले संसारलाई नयाँ समाजवादको मोडेल दिने नेतृत्वको सपना भएको बताएका छन् ।

विहीबार विप्लव समुहका मेची–कोशी ब्यूरो इन्चार्ज एक दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गराउँदै उनले उक्त कुरा बताएका हुन् । पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले भने, ‘नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने र नयाँ परिस्थितिको आवश्यकता अनुसार विचार राजनीतिकलाई परिमार्जित गरेर संसारलाई नयाँ समाजवादको मोडेल दिने नेतृत्वको सपना छ ।’

उनले सबै कम्युनिष्ट पार्टी र समूहहरु एक जुट भई यो महान् उद्देश्य पुरा गर्न लाग्नुपर्नेमा जोड दिए । ‘कम्युनिष्ट पार्टीको झण्डा मुनी रहेका साथीहरुलाई केन्द्रित गर्नुपर्छ र एउटै बलियो केन्द्र बनाउनुपर्छ,’ उनले भने, ‘अनि मात्रै सामाजिक रुपान्तरण, विकास र समृद्धि तिर देशलाई लैजान सकिन्छ ।’

उनले कम्युनिष्टहरु फुट्दा प्रतिक्रियावादीलाई फाइदा हुने बताए पनि प्रतिक्रियावादीहरु को हुन् भन्नेबारे केही खुलाएनन् । ‘हामी विभाजित हुँदा प्रतिक्रियावादीले फाइदा उठाउने हो,’ उनले भने, ‘हामी एकजुट हुँदा नै हामी बलियो हुने हो ।’

सबैलाई ब्युँझाउन र सँगै लिएर हिंड्न नसकिने उनको तर्क थियो । उनले भने, ‘जो जहाँ ब्यूँझियो त्यहिँबाट उठेर हिँड्ने हो, सबै ब्यूँझाउँछु भन्न थाल्दा सम्भव हुँदैन ।’

अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनमा लामो समय योगदान गरेका बरिष्ठ नेताहरुलाई पनि नेकपामा आउन आव्हान गरे । उनले पार्टी प्रवेश गर्नेहरुको योगदानको कदर गरिने विश्वास दिलाए ।

कार्यक्रममा प्रतिबन्धित नेकपाका मेचीकोशी ब्यूरो सदस्य तथा झापा ब्यूरो इन्चार्ज सौगात आचार्यले हतियार नै उठाएर मात्र समाजवाद आउँछ भन्ने कुरा आफूहरुलाई नलागेकोले नेकपामा गोलबद्ध भएको बताए ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage