scheduleशुक्रवार जेष्ठ १६ गते, २०७७

विषादीयुक्त तरकारी खाँदा ४५ जना बिरामी, आमा समूह प्रशासनमा


पर्वत, २६ असार । विषादीयुक्त तरकारीको सेवनले ४५ जना बिरामी परेको भन्दै ग्रामिण आमा समूह कुस्मा नगरपालिका ७ खरेहा पर्वतले जिल्ला प्रशासन कार्यलय पर्वतमा ज्ञापनपत्र बुझाएको छ ।

गत असार ९ गते स्थानीय विक्रम पौडेलको बिहेको भोज खाने कार्यक्रमा विभिन्न खानेकुरा खाँदा बिरामी परेको भन्दै आज प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरेलाई ज्ञापनपत्र बुझाइएको हो ।

पौडेलको घरमा बनेका पुरी, करेला, आलु, काउलीको तरकारी, काँक्राको अचार खाएपछि स्थानीय बिरामी परेका ज्ञापन पत्रमा उल्लेख गरिएको छ । भोज खाएपछि स्थानीयलाई टाउको दुख्ने, रिङ्गटा लाग्ने, पेट दुख्ने, पखाला लाग्ने लगायतका समस्या देखिएको स्थानीय दिपसागर पौडेलले बताए ।

Dish_Home

खानामा विषादी भएकै कारण स्थानीय विरामी परेको अनमान गर्दै विषाक्त तरकारीले मानव स्वास्थ्यमा खेलवाड नगर्नका लागि सम्बन्धित पक्षलाई सजग गराउनका लागि प्रशासन कार्यलयमा ज्ञापनपत्र बुझाइएको स्थानीय तेज गिरीले जानकारी दिए ।

यसैगरी आगामी दिनमा यस्ता घटना दोहोरिन नदिनका लागि सम्बन्धित पक्ष र निकायलाई सचेत गराउन पनि ज्ञापन पत्र बुझाइउको उनले बताए । ज्ञापनपत्र बुझ्दै प्रजिअ घिमिरेले बजार अनुगमन गर्ने र बिषाक्त तरकारी तथा फलफूल वितरण गर्नेलाई आवश्यक कारवार्ही गर्ने आश्वासन दिएकी छिन् ।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय