scheduleबुधवार श्रावण ८ गते, २०७६

अष्ट्रेलियाको लज्जास्पद हार, इङ्ल्याण्ड २७ वर्षपछि फाइनलमा


काठमाडौं, २६ असार । एक दिवसीय विश्वकप क्रिकेटअन्तर्गत दोस्रो सेफिफाइनलमा अष्ट्रेलियाको लज्जास्पद पराजयसँगै इङल्याण्ड २७ वर्षपछि सेमिफाइलनमा पुगेको छ । इङ्ल्याण्डले ३२.१ ओभरमा २ विकेट गुमाउँदै अष्ट्रेलियाले दिएको २२४ रनको लक्ष्य भेट्टाउँदै शानदार जित हासिल गरेको हो । इङ्ल्याण्डले १०७ बल बाँकी रहँदै ८ विकेटले सहज जित हासिल गर्न सक्यो ।

इङ्ल्याण्ड पछिल्लोपटक १९९२ मा फाइनलमा पाकिस्तानसँग पराजित भएको थियो । यो उसको विश्वकपको फाइनलमा चौथो यात्रा हो । यसअघि उसले फाइनलमा तीनपटक पराजय व्यहोरिसकेको छ ।

इङ्ल्याण्डका लागि सर्वाधिक जेसन रोयले ६५ बलमा ८५ रन जोडेर आउट भए । त्यसैगरी जो रुटले ४६ बलमा ८ चौकासहित ४९ रन जोड्दै अविजित रहे भने ओयन मोर्गनले २९ बलमा ८ चौकासहित ४५ रनसहित अविजित रहे ।

अष्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कमिन्सले समान १/१ विकेट लिए ।

यसअघि बर्मिङघममा टस जितेर इङल्याण्डविरुद्ध पहिला ब्याटिङमा उत्रेको अष्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २२३ रनको सामान्य योगफल जोडेको थियो । अष्ट्रेलियाका लागि स्टिभन स्मिथले सर्वाधिक ८५ रन बनाएका थिए । उनी ११९ बलमा ६ चौकासहित ८५ रन बनाएर आउट भए ।

एलेक्स क्यारीले ७० बलमा ४ चौकासहित ४६, मिचेल स्टार्क ३८ बलमा १ छक्का र १ चौकासहित २९ रन तथा ग्लेन म्याक्सवेल २३ बलमा १ छक्का र २ चौकासहित २२ रन बनाएर आउट भए ।

यता डेभिड वार्नर ११ बलमा २ चौकासहित ९ रन, प्याट कमिङ्स १० बलमा ६ रन, पिटर ह्याण्डकम १२ बलमा ४ रनमा आउट भए । कप्तान एरन फिन्च र मार्क स्टोइनिस शून्य रनमा आउट भए ।

फाइलनमा १४ जुलाईमा लर्ड्समा न्यूजिल्याण्ड र इङ्ल्याण्ड उपाधिका लागि भिड्नेछन् । न्यूजिल्याण्डका लागि भने यो लगातार दोस्रोपटक फाइलन यात्रा हो । गएको विश्वकपमा उसले फाइनलमा अस्ट्रेलियासँग पराजय व्यहोर्नुपरेको थियो । न्यूजिल्याण्डले अहिलेसम्म विश्वकप उपाधि भने उचाल्न सकेको छैन ।

इङ्ल्याण्डको २७ वर्षपछिको फाइनल यात्रा ५ पटकको च्याम्पियन अस्ट्रेलियालाई हराएपछि सम्भव भएको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob