scheduleशुक्रवार श्रावण ३ गते, २०७६

११ महिनामा २ लाख ८८ हजार विदेशी पर्यटक पोखरा घम्न आए

गण्डकी, २७ असार । गण्डकी प्रदेशको राजधानी पोखरा सहित गण्डकी प्रदेशका पर्यटकी स्थलहरुमा ११ महिनामा २ लाख ८८ हजार विदेशी पर्यटक आएको तथ्याङक संकलन भएको छ । गण्डकी प्रदेश सरकारले गत साउन देखी गण्डकी प्रदेशमा आउन पर्यटकको तथ्याङका राख्न थाले यता २ लाख ८८ हजार विदेशी पर्यटक पोखरा आएका हुन् ।

पोखरा र गण्डकी प्रदेशमा अहिलेसम्म वर्षेनी कति पर्यटक आउँछन् भन्ने तथ्याङक थिए । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले यही आर्थिक वर्षका साउन १ गते देखि स्थल मार्गमा प्रहरीको सहयोगमा र हवाई मार्गबाट आउने पर्यटकको तथ्याङक पोखरा विमानस्थलबाट लिन थालेको हो ।

गण्डकी प्रदेशमा आउने पर्यटक माध्ये सबै भन्दा धेरै छिमेकी राष्ट्र भारतबाट बढि आएका छन् । गत साउन देखि जेठ महिनासम्मको तथ्याङक अनुसार हवाई मार्ग र स्थल मार्ग हुँदै आउने भारतीय पर्यटकको संख्या १ लाख १६ हजार रहेको गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सुचना अधिकृत शिव परियारले जानकारी दिए । उनले त्यसपछि चिन, एसिया, युरोप, र अमेरिकाका पर्यटकको संख्या १ लाख ७१ हजार रहेको बताए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob