scheduleसोमवार कार्तिक ४ गते, २०७६
Global IME Bank

आज हरिशयनी एकादशी, घर-घरमा तुलसी रोपिँदै

काठमाडौं, २७ असार । आज असार शुक्ल एकादशी हो । आज हिन्दू धर्मावलम्बीको घर–घरमा तुलसीको विरुवा रोपी हरिशयनी एकादशी मनाइँदै छ ।

यस दिन हिन्दू धर्मावलम्बीले  निराहार व्रत बसी घरघरमा तुलसी रोप्ने चलन छ । घरको आागनमा तुलसीको मठ राखी दैनिक पूजा गर्नाले रोगबाट मुक्त हुने तथा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

आजैका दिनबाट चतुर्मास व्रत समेत सुरु हुन्छ । आजबाट ४ महिनासम्म अर्थात हरिबोधनी एकादशीका दिनसम्म भगवान विष्णु क्षीरसागरमा शयन गर्नुहुने वैदिक विश्वास छ । चर्तुमाशभरि कुनै पनि मङ्गल कार्य जस्तै बिवाह, व्रतबन्ध आदिको लगन हुँदैन् । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पश्चात् मात्र मङ्गल लगन तथा मुहुर्तहरु सुरु हुन्छन् ।

वैदिक सनातन हिन्दु धर्ममा एकादशीलाई भगवान बिष्णुको उपाशना गर्ने दिनका रुपमा लिइन्छ ।

भविष्योत्तर पुराणमा एकादशीको महिमा वर्णन गरिएको छ । आज ब्रत बस्ने, भजन गर्ने, एकादशी महात्मय कथा श्रवण गर्ने र जप, होम आदि गर्ने चलन छ । हरिशयनी एकादशीका अवसरमा काठमाण्डौंको फर्पिङस्थित शेषनारायण मन्दिर, बूढानिलकण्ठस्थित बूढानिलकण्ठ मन्दिर लगायत मुलुकभरका विष्णु मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage