scheduleसोमवार आश्विन ६ गते, २०७६

भारतीय दूताबासको पत्र प्रधानमन्त्रीलाई मैले देखाएँ : मन्त्री खनाल

काठमाडौं, २७ असार ।  कृषिमन्त्री चक्रपाणि खनालले विषादी प्रकरणमा भारतीय दूतावासले पठाएको पत्र आफूले नै प्रधानमन्त्रीलाई देखाएको बताएका छन् ।

कृषिमन्त्री खनालले भारतीय पत्रबारे प्रधानमन्त्रीलाई जानकारी नगराएको पाएपछि आफूले नै देखाएको बताएका हुन् । शुक्रबार बिहान विषादी परिक्षण प्रयोगशाला पुगेका मन्त्री खनालले भने, ‘यो पत्र आउँदा म बाहिर थिएँ । पररष्टलाई लेखिएको पत्रको बोधार्थ सबैतिर लेखियो ।’

‘पत्र आएको थाहा पाएपछि सम्माननीयज्यू (प्रधानमन्त्री)लाई मैले भनेको थिएँ, पत्र आएको रहेछ । मैले कृषि मन्त्रालयमा त भेटेँ भनेपछि उहाँले खोई हेरौं त भन्नुभयो । हेर्नुभयो र पत्र त आएको रहेछ, समयमा जानकारी भएन भन्नुभयो’, मन्त्री खनालले भने ।

दूतावासको पत्रबारे जानकारी नगराउँदा आफूले आएको छैन भनेको र सार्वजनिक रुपमा लज्जित हुनु परेको भन्दै बिहीबार प्रधानमन्त्रीले माफी मागेका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage