scheduleसोमवार कार्तिक ४ गते, २०७६
Global IME Bank

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं, २७ असार । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार पुन: बस्दैछ।

केन्द्रीय कार्यसमितिको बैठक असार २२ गते एक घण्टा बसेर स्थगित भएको थियो । आइतबारको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाको निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले १४ वटा एजेण्डा प्रस्तुत गरेका थिए।

स्थगित बैठक आज शुक्रबार दिउँसो १ बजे पुन:  बस्ने भएको हो ।

चैत्र ५ गतेपछि बोलाइएको कांग्रेसको केन्द्रीय समिति बैठक झण्डै तीन महिनापछि गत असार २२ गते बसेको थियो। पार्टीको १४ औं महाधिवेशन तयारीका विषयमा नेताहरुबीच सहमति नहुँदा कांग्रेसको केन्द्रीय समिति बैठक बस्न ढिलाई हुँदै आएको छ।

विशेषगरी महाधिवेशनलाई लिएर किचलो बढेपछि बैठक बस्न ढिलो भएको कांग्रेस नेताहरुले बताउँदै आएका छन्।

आजको बैठकमा नियमावली मस्यौदा पारित गर्ने र संघीय संरचनाअनुसार संगठन निर्माण गरी १४ औँ महाधिवेशनको कार्यतालिका तोक्नेबारे छलफल हुने छ । त्यस्तै केन्द्रीय अनुशासन समितिको कार्य प्रगति, कांग्रेस र तत्कालिन नेपाल लोकतान्त्रिक फोरमका बीच पार्टी समायोजनका सन्दर्भमा भएको प्रगति, भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधान संशोधन र विधानअनुसार अवधि समाप्त भएका भ्रातृ संघबारे समेत छलफल हुने बताइएको छ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage