scheduleबुधवार श्रावण ८ गते, २०७६

यतिको विमान चिप्लियो, यात्रुको सकुशल उद्वार, त्रिभुवन विमानस्थान अवरुद्ध

काठमाडौं, २७ असार । यती एयरलाइन्सको विमान अवतरणका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ ।

यति एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा चिप्लिएको छ। नेपालगञ्जबाट उडेको यति एयरको फ्लाइट नम्बर एनवाइटी–४२२ (९एन–एएमएम) जहाज अवतरण गर्ने क्रममा शुक्रबार ११ बजेर ५ मिनेट हुँदा धावनमार्गमा चिप्लिएको हो।

विमानमा ६६ यात्रु सवार थिए । विमानमा रहेका यात्रु र तीनजना फ्लाइटका कर्मचारीलाई सकुशल बाहिर निकालिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्राेतले जनाएकाे छ ।

नेपालगञ्जबाट यात्रु बोकेर आएको यती एयरलाइन्सको एटीआर–७२ को जहाज शुक्रबार बिहान धावनमार्गमा चिप्लिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतापबाबु तिवारीले विमान धावन मार्गमा चिप्लिएको जानकारी दिँदै सबै यात्रुलाई सकुशल बाहिर निकालिएको जानकारी दिए ।

‘अवतरणका क्रममा यती एयरलाइन्सको विमान धावनमार्गमा चिप्लिन पुगेको छ’, तिवारीले अनलाइनखबरसँग भने, ‘हामीले चिप्लिएको विमानबाट सबै यात्रुलाई बाहिर निकालेका छौं ।’

धावन मार्गमै जहाज चिप्लिएपछि अहिले विमानस्थलमा हुने उडान र अवतरण  दुवै अवरुद्ध बनेको छ । आन्तरिक तथा बाह्य उडानका कुनै पनि विमान उडेका छैनन् ।

अहिले वर्षा जारी रहेकाले अवरुद्ध विमानस्थल सञ्चालनमा आउन केही समय लाग्ने प्रवक्ता तिवारीले जानकारी दिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob