scheduleसोमवार कार्तिक ४ गते, २०७६
Global IME Bank

बाँध भत्किँदा बस्ती डुवानमा, राजमार्ग अवरुद्ध

काठमाडौं, २७ असार । रौतहटको विभिन्न क्षेत्रमा बाढी आएको छ। दुई नदीको बाँध भत्किएर दर्जन भन्दाबढी गाउँमा डुबानमा पारेका छन्।

कटहरिया स्थित लाल बकैया र  पुर्व बागमती नदीको बाँध भत्किएर त्यसक्षेत्र वारपारका गाउँ डुबानमा परेका हुन्। बागमती तथा लाल बकैया नदि नियन्त्रण आयोजना प्रमुख राज कुमार श्रीवास्तवले बागमती र बकैयामा बाध भत्केर बस्तिमा पानी प्रबेश गरिरहेका बताए । उनका अनुसार नदी नियन्त्रण टोलीले ठाउँ ठाउँमा खटिएको छ।

बकैया नदीको हरसाहा, भसेढवा, कटहरिया, बुनियाद, तेजापाकड, लौकाहा, बन्जरहा लगायतका दर्जन गाउँ उच्च जोखिममा रहेको बताए। यस्तै बागमती नदिको गढिमाइ लक्ष्मिपुर, मत्सरी, गढो, बडहर्वा, बसतपुर, ब्रहम्पुरी, हजरिया लगायतका गाउँ उच्च जोखिमा रहेको प्रमुख श्रीवास्तवले बताए ।

नगरपालिकाको जेसिभी लगाएर एक छिन रोक्न प्रयास  गरेपनि पानीको बहाब तिब्र भएकोले प्रयास असफ्ल भएको मेयर श्याम प्रसाद यादव ले बताए। दुई वर्षअघि बागमती नदिमा आएको बाढिले उक्त स्थानमा बाध भत्काएको थियो सो भत्केको बाध बलियो नबनाएको कारण पुन भत्केर गाउँमा पानी पस्न लागेको स्थानीहरुले बताएका छन्।

रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बाध भत्केको ठाउमा प्रहरी परिचालन गरेको बताए । चुरे क्षेत्रमा भएको वर्षाको कारण चाँदी खोलामा आएको बाढीको कारण पुर्वपश्चिम राजमार्ग समेत अवरुद्ध भएको छ। सदरमुकाम गौर स्थित सरकारी कार्यालय वरिपरि समेत पानी जमेको छ । निरन्तर पानी परिरहेको कारणले ठूलो बाढी आउने खतरा देखिएको छ।

जिल्ला बिपद व्यवस्थापन समिती रौतहटका सयोजक  प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लाका नदी र खोलामा बाढी आएपछी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत तयारी अवस्थामा राखिएको बताए। जलतथा मौसम बिज्ञान बिभाग, मौसम पुर्वानुमान महाशाखाले २८ गते सम्म वर्षा हुने बताएका छन् ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage