scheduleबुधवार श्रावण ८ गते, २०७६

प्रदेश २ मा बाढीको त्रासदी: राजमार्गदेखि अस्पतालसम्म डुबानमा

काठमाडौं, २७ असार । अविरल वर्षाका कारण प्रदेश २ को जनजीवन प्रभावित भएको छ । धनुषा, रौटहत, सर्लाही, सिराहालगायतका जिल्लामा बाढीले जनजीवनदेखि राजमार्ग अवरुद्ध भएको हो ।

रौतहतमा बस्ती र राजमार्ग अवरुद्ध

रौतहटको विभिन्न क्षेत्रमा बाढी आएको छ। दुई नदीको बाँध भत्किएर दर्जन भन्दाबढी गाउँमा डुबानमा पारेका छन्।

कटहरिया स्थित लाल बकैया र  पुर्व बागमती नदीको बाँध भत्किएर त्यसक्षेत्र वारपारका गाउँ डुबानमा परेका हुन्। बागमती तथा लाल बकैया नदि नियन्त्रण आयोजना प्रमुख राज कुमार श्रीवास्तवले बागमती र बकैयामा बाध भत्केर बस्तिमा पानी प्रबेश गरिरहेका बताए । उनका अनुसार नदी नियन्त्रण टोलीले ठाउँ ठाउँमा खटिएको छ।

बकैया नदीको हरसाहा, भसेढवा, कटहरिया, बुनियाद, तेजापाकड, लौकाहा, बन्जरहा लगायतका दर्जन गाउँ उच्च जोखिममा रहेको बताए। यस्तै बागमती नदिको गढिमाइ लक्ष्मिपुर, मत्सरी, गढो, बडहर्वा, बसतपुर, ब्रहम्पुरी, हजरिया लगायतका गाउँ उच्च जोखिमा रहेको प्रमुख श्रीवास्तवले बताए ।

नगरपालिकाको जेसिभी लगाएर एक छिन रोक्न प्रयास  गरेपनि पानीको बहाब तिब्र भएकोले प्रयास असफ्ल भएको मेयर श्याम प्रसाद यादव ले बताए। दुई वर्षअघि बागमती नदिमा आएको बाढिले उक्त स्थानमा बाध भत्काएको थियो सो भत्केको बाध बलियो नबनाएको कारण पुन भत्केर गाउँमा पानी पस्न लागेको स्थानीहरुले बताएका छन्।

रौतहटका प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्रीले बाध भत्केको ठाउमा प्रहरी परिचालन गरेको बताए । चुरे क्षेत्रमा भएको वर्षाको कारण चाँदी खोलामा आएको बाढीको कारण पुर्वपश्चिम राजमार्ग समेत अवरुद्ध भएको छ। सदरमुकाम गौर स्थित सरकारी कार्यालय वरिपरि समेत पानी जमेको छ । निरन्तर पानी परिरहेको कारणले ठूलो बाढी आउने खतरा देखिएको छ।

जिल्ला बिपद व्यवस्थापन समिती रौतहटका सयोजक  प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लाका नदी र खोलामा बाढी आएपछी नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना समेत तयारी अवस्थामा राखिएको बताए। जलतथा मौसम बिज्ञान बिभाग, मौसम पुर्वानुमान महाशाखाले २८ गते सम्म वर्षा हुने बताएका छन् ।

प्रदेश राजधानी नै डुबानमा

निरन्तरको बर्षाका कारण प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम डुबानमा परेको छ ।

भानुचोक, शिवचोक लगायतका मुख्य चोक जलमग्न भएको छ भने घर–घरसम्म पानी पसेको छ । तीन दिनदेखि लगातार परेको वर्षका कारण जनकपुर चुरोट कारखानाभित्र रहेको मुख्यमन्त्रीको कार्यालय, मुरलीचोकस्थित संघीय प्रहरी कार्यालय डुबानमा परेको छ ।

जनकपुर अञ्चल अस्पताल, जिल्ला प्रहरी कार्यालय, बाह्रबिघा मैदान, विमानस्थल, जिल्ला हुलाक कार्यालय, प्रदेश २ को स्वास्थ्य निर्देशनालय पनि डुबानमा परेको छ ।

जनकपुरधाम उपमहानगरपालिका कार्यालय अगाडिकै सडकमा पानी जमेको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका २५ वटै वडामा १ देखि २ फिटसम्म पानी जमेको छ ।

प्रदेश प्रहरी प्रवक्ता ज्ञानकुमार महतोले प्रदेश अन्तर्गतका मुख्य नदीहरुको जलस्तर बढेको बताए । कोशी, बलान, कमला, बकैया नदीको जलस्तर बढेको हो ।

सर्लाहीमा १५० परिवारलाई सुरक्षित स्थानमा सारियो

सर्लाहीको बरहथवा नगरपालिका १५ स्थित गाउँ नै डुबानमा परेको छ । गाउँमा जमेको पानीको निकास नहुँदा स्थानीय १ सय ५० परिवारलाई नजिकैको विद्यालयमा सुरक्षित तरिकाले राखिएको छ ।

सप्तरीमा सडक अवरुद्व

सप्तरीको दक्षिणी क्षेत्रका गाउँहरुमा पानी पसे पनि खतराको अवस्था नरहेको प्रहरीले जनाएको छ । खाँडो नदीमा आएको बाढीका कारण राजविराज–कुनौली सडक खण्ड अन्तर्गत तिलाठी–कोइलाडी १ मा बाटो भत्किएको छ । बाटो कटान गरेका कारण सबारी आवागमन पूर्णरुपले ठप्प भएको छ । सप्तरीसहित खाँडोसहित खड्ग, सुन्दरी, बलानसहितका नदीहरुको जलस्तर बढेको छ ।

सिरहाका सरकारी कार्यालयहरु जलमग्न

निरन्तरको बर्षाले सिरहा जिल्ला पनि प्रभावित भएको छ । सदरमुकाम सिरहासहित गोलबजार र लहान नगरपालिका पनि डुबानमा परेको छ । सिरहा नगरपालिकाका बजार क्षेत्रका साथै सरकारी कार्यालयहरु समेत डुबानमा परेको छ ।

तत्कालीन जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, नेपाल विद्युत प्राधिकरण कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालय जलमग्न भएका छन् ।

गोलबजारका केही क्षेत्र जलमग्न भएको छ भने पूर्वपश्चिम राजमार्गमै पानी जमेको छ । अविरल वर्षाका कारण इलाका प्रहरी कार्यालय लहानसमेत जलमग्न भएको छ । कार्यालय परिसरमा करीब तीन/चार फिटसम्म पानी जम्दा पीडितलाई कार्यालयसम्म पुग्न समस्या भइरहेको स्थानीयले बताएका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob