scheduleशुक्रवार श्रावण ३ गते, २०७६

एकै घरका ३ जना बेपत्ता

खोटाङ, २७ असार । खोटेहाङ गाउँपालिका–२ बाप्लुखामा पहिरोले एउटा घर बगाउँदा एकै घरका तीन जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् ।

चार दिनदेखि लगातार परेको वर्षाका कारण आज बिहान झरेको पहिरोले घर बगाउँदा ३१ वर्षीय विष्णु राई घाइते भइका छन् । उनकी श्रीमतीसहित एक छोरा र एक छोरी बेपत्ता भएका छन् ।

आज बिहान करिब ५ बजेतिर झरेको पहिरोले घरमा सुतिरहेका चारै जनालाई बगाएको हो । घटनास्थल जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने बाप्लुखाको गोपिनीस्थित एकान्त ठाउँमा पर्दछ । घरदेखि करिब चार सय मिटरमाथिबाट पहिरो झरेको ठाउँमा अहिले पनि भारी वर्षा भइरहेकाले उद्धारमा समस्या परेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob