scheduleआइतवार श्रावण ५ गते, २०७६

४ लाख घुससहित प्रमुख वन अधिकृत पक्राउ

सुर्खेत, २७ असार ।डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख अधिकृत (डीएफओ) भक्तबहादुर लामा ४ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

वन प्रमुख लामालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कार्यालयबाटै शुक्रबार दिउँसो ४ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले लामालाई कार्यकक्षबाटै घुससहित पक्राउ गरिएको जानकारी दिए । अख्तियारको सुर्खेतस्थित कार्यालयले पनि लामा सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेको पुष्टि गरेको छ ।

प्रवक्ता कोइरालाले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिएको बताउनुभयो । लामा छुट पुर्जीको म्याद थप गराउने बहानामा पक्राउ परेका हुन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob