scheduleशुक्रवार श्रावण ३ गते, २०७६

बाढीपहिरो अपडेट : हालसम्म ६ जनाको मृत्यु, ३ जना बेपत्ता

काठमाडौं, २७ असार । अविरल वर्षाका कारण गएको बाढी र पहिरोमा परी हालसम्म ६ जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् भने दर्जन बढी घाइते भएका छन् ।

बिहीबार रातिदेखि मुलुकका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण हालसम्म काभ्रेपलाञ्चोक, भोजपुर, रामेछाप र ललितपुरमा गरी ६ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार, बनेपा–३, नालामा घरमाथि पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते छन् । मृत्यु हुनेमा ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीय सोहनी दंगाल छन् । उनीहरु भूकम्पपीडित हुन् । सो घटनामा बुहारी ३० वर्षीया सुशीला र तीन महिने नातिनी अनुश्का घाइते छन् ।

भोजपुरमा पानीको भेल घरभित्र पस्दा भत्किएको पर्खालले लागेर रामप्रसाद राई गाउँपालिका–७, बासिखोराका ६६ वर्षीय जगतबहादुर राई छन् । यस्तै, टेम्केमैयुङ गाउँपालिका–९, लेखर्कका १४ वर्षीय बालक जनक विकको पनि शौच गर्ने क्रममा पहिरोले चर्पीसहित पुरिएर घटनास्थलमै मृत्यु भएको छ ।

रामेछापमा पहिरोले पुरिएर रामपुरकी ४५ वर्षीया पदमकुमारी सुनुवारको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् ।
ललितपुरमा पनि अविरल वर्षाका कारण एक जनाको मृत्यु भएको छ । खोटाङमा पहिरोले घर बगाउँदा ३ जना बेपत्ता रहेका छन् भने एक जना घाइते भएका छन् ।

मुलुकभर अझै केही दिन अविरल वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob