scheduleसोमवार आश्विन ६ गते, २०७६

खोलाले बगाउँदा १० वर्षीय बालक बेपत्ता

फाइल तस्बिर

पाँचथर, २७ असार । पाँचथरमा खोलाले बगाउँदा एक बालक बेपत्ता भएका छन् । खोला तर्ने क्रममा आएको बाढीले मिक्लाजुङ गाउँपालिका–४ रबिका लोकबहादुर राईका १० वर्षीय छोरा दियान राईलाई खोलाले बगाएको हो ।

विद्यालय जाने क्रममा ती बालकलाई खोलाले बगाएको थियो ।

बेपत्ता बालकको खोजी कार्य भइरहेको प्रहरी चौकी रबिले जानकरी दिएको छ । ती बालक रबिस्थित होलिचाइल्ड स्कुलमा कक्षा ४ अध्ययनरत थिए ।
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage