scheduleबुधवार श्रावण ८ गते, २०७६

वर्षाले काठमाडौंको जनजीवन अस्तव्यस्त, कलंकी डुबानमा, १ जना बेपत्ता

काठमाडौं, २७ असार । अविरल वर्षाका कारण काठमाडौंको जनजीवन प्रभावित बनेको छ ।

बिहान सबेरैदेखि निरन्तर भइरहेको वर्षाका कारण काठमाडौंका विभिन्न चोक, गल्ती र नालाहरु जलमग्न भएका छन् । जसले गर्दा सवारीसाधन, पैदल यात्रुलगायतले समस्यामा परेका छन् । सडकहरु हिलाम्मे भएर कतिलाई घरबाट बाहिर निस्कन समेत कठिनाइ भएको छ ।

यता बल्खु खोलाको सहत निकै बढेको छ । पानीको सहत बढेपछि खोला बस्तीमा प्रवेश गरेको छ । लगातारको वर्षाका कारण काठमाडौै भए बग्ने नदीहरुमा पानीको सतह बढेको हो ।

पानीका कारण कलंकीस्थित मालपोत, प्रहरी र ट्राफिक प्रहरीको कार्यालय समेत डुवानमा परेको छ । कलंकीको खसीबजार, मैत्री नगर क्षेत्रका अधिकांशको घरको पहिलो तलासम्म पानी परेको छ ।

यसैक्रममा बल्खु खोलाको बाढीले एक जनालाई बगाएर बेपत्ता बनाएको प्रहरीले जनाएको छ ।

खोलाले बगाइरहेको ग्यास सिलिन्डर समाउन जाने क्रममा विनोद चौधरी नाम गरेका व्यक्त कलंकीबाट बेपत्ता भएको प्रहरीले बताएको हो ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob