scheduleआइतवार श्रावण ५ गते, २०७६

वर्षाका कारण काठमाडौं र ललितपुरमा ४ जनाको मृत्यु, १ बेपत्ता

काठमाडौं, २७ असार । शुक्रबार बिहानैदेखि परिरहेको अविरल वर्षापछि घरको पर्खाल भत्किँदा काठमाडौंको मुलपानीमा ३ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार मृत्यु हुनेमा बारा घर भई कागेश्वरी नगरपालिका बस्दै आएका २३ वर्षीया नितु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादव रहेका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले एकै परिवारका सदस्यको पर्खालले पुरिँदा ज्यान गएको पुष्टि गरे ।

त्यस्तै महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार बागमती-३ का ११ वर्षीय सरोज तामाङ पहिरोमा पुरिएर मृत्यु भएको छ।

यता बल्खु खोलाले बगाएर १ जना व्यक्ति हराइरहेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob