scheduleबिहिवार श्रावण २ गते, २०७६

बाढीमा फँसेका १७ जनालाई उद्वार गर्न सेनाको हेलिकप्टर रौतहट जाँदै

काठमाडौं, २७ असार । रौतहट र सर्लाहीको बीचमा पर्ने बागमती नदीको बगरमा १७ जना फसेका छन्। गाइबस्तु चराउन गएका उनीहरु अविरल वर्षापछिको बाढीमा फसेका हुन्।

बाढीमा फँसेकाले रुखमा चढेर उद्धारको लागि हारगुहार मागिरहेका छन्।

त्यस्तै बागमतिले गढीमाइ नगरपालिका–६ पकहाबखरी टोलका ४० वर्षीया दुलारी देवीलाई बगाएर वेपत्ता पारेको छ ।

रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार वृद्धावन नगरपालिका–१ बलेरीखोरस्थित बागमती नदी फसेकालाई उद्धारको लागि लिखित पत्र पठाएर सेनाको हेलिकप्टर मगाइएको छ।

पकहाबखरी टोलमा २ सय घर परिवारको बसोबास रहेको छ। उक्त घरहरु डुबानमा परेका छन्।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob