scheduleबुधवार आश्विन २९ गते, २०७६

विपत्तिको समयमा कांग्रेसले सरकारलाई पूर्ण सहयोग गर्छ : प्रवक्ता शर्मा

काठमाडौं, २७ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपत्तिको सामना सबैले जुटेर गर्नुपर्ने बताएको छ ।

बिहीबारदेखि परिरहेको अविरल वर्षाका कारण देशका विभिन्न भूभाग बाढी, पहिरो र डुबानको समस्या देखिएपछि प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सबैलाई मिलेर विपत्तिको सामना गर्न आग्रह गरेको हो ।

केन्द्रीय कार्यसमितिको बैठक चलिरहेका समयमा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटमार्फत विपत्तिको सामनका लागि कांग्रेस पार्टी पंक्तिको सहभागिताका साथ सरकारको साथमा रहेको बताएका छन् ।

उनले विपतको समयमा राजनीतिक विमतिलाई थाति राखेर दलहरु सत्ता पक्ष, प्रतिपक्ष नभएर सबैमा नेपालीको भावना हुनुपर्ने आवश्यकता पनि औंल्याएका छन् ।

‘विपत्तिको सामना जुटेर गरौं । हाम्रा राजनैतिक विमति आफ्ना ठाउँमा छन् । जब विपत्ति आइपर्छ तब हामी सत्ता या प्रतिपक्ष होइन केवल नेपाली हुन्छौं’, शर्माले आफ्नो ट्विटमा लेखेका छन्, ‘अविरल झरी र पहिरोले जनधनको क्षति गरेको यो समय हामी उद्दारको कर्ममा आफ्नो पार्टी पंक्तिको सहभागिता साथ सरकारको साथमा छौं ।’

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage