scheduleबिहिवार श्रावण २ गते, २०७६

त्रिभुवन विमानस्थल ८ घण्टापछि सञ्चालनमा


काठमाडौं, २७ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ८ घण्टापछि सञ्चालनमा आएको छ । धावन मार्गमा विमान चिप्लिएका कारण अवरुद्ध विमानस्थल खुल्न ८ घण्टा लागेको हो ।

विमानस्थल अवरुद्ध भएपछि काठमाडौं आउँदै गरेका अन्तर्राष्ट्रिय उडानका विभिन्न विमानलाई भारतको लखनउलगायतका विभिन्न गन्तव्यमा ‘डाइभर्ट’ गरिएको थियो ।

चिप्लिएर धावनमार्गमा रोकिएको यति एअरलाइन्सको विमानलाई तानेर ‘ह्याङ्गर’ तर्फ लग्न नेपाली सेना, नेपाल प्रहरी, नेपाल नागरिक उड्डयन प्राधिकरण, विमानस्थल कार्यालयका प्राविधिक तथा यति एअरलाइन्सका इन्जिनियरको टोलीलाई ८ घण्टा लागेको छ ।

नेपालगञ्जबाट आएको यति एयरलाइन्सको जहाज धावनमार्गमा चिप्लिएपछि बिहान ११ बजेपछि विमानस्थल सञ्चालनमा थिएन । ८ घण्टापछि आन्तरिक तथा अन्तर्राष्ट्रियतर्फका सबै उडान र अवतरण सुरु भएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Sajhajob