scheduleसोमवार आश्विन ६ गते, २०७६

मौसम खबरः मनसुन नेपालभर, आइतबारसम्म अविरल पानी


काठमाडौं, २७ असार । निरन्तरको झरी आइतबार सम्म जारी रहने मौसमविदले जनाएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबारसम्म देशको मध्य र पूर्वी भेगमा लगातार र भारी वर्षा जारी रहने छ ।

पश्चिमी क्षेत्रमा पनि मौसम बदली भइरहने मौसमविद्ले जनाएका छन् । सोमबारदेखि भने मौसममा सुधार हुनसक्ने छ । मौसमविद मीनकुमार अर्यालका अनुसार आइतबारसम्म यस्तै अवस्था रहन्छ ।

मनसुन अहिले पूरै नेपालमा केन्द्रित भएकाले वर्षा बेला, बेलामा केही बेर रोकिए पनि निरन्तर भइरहनेछ । वर्षातसँगै हावाहुरी आउने सम्भावना पनि रहेको मौसमविदले जनाएका छन् ।

पूर्वी र मध्य पहाडी क्षेत्रका भू-भागमा पहिरोको जोखिम रहेको र तराई क्षेत्रका नदीहरुमा पानीको बहाव र स्तर बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनुपर्ने देखिएको महाशाखाले जनाएको छ । महाशाखाले देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने जनाएको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage