scheduleबुधवार कार्तिक ६ गते, २०७६
Global IME Bank

अविरल वर्षाः कुन राजमार्गको अवस्था कस्तो छ ?


काठमाडौं, २७ असार । अविरल वर्षाका कारण देशभरका विभिन्न क्षेत्रका राजमार्ग अवरुद्ध बनेका छन् । सडकमा पहिरो खसेका कारण राजमार्ग अबरुद्ध बनेको छ ।

प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार काभ्रेमा बीपी राजमार्गमा सवारी चल्न सकेका छैनन् भने पूर्वपश्चिम राजमार्ग अन्तरगत सर्लाही खण्डमा बाटोमा पनि साना गाडी नचल्ने अवस्थामा छन् । पूर्वपश्चिम राजमार्गकै सनुसरी रामधुनी ६ मा पनि सडक अबरुद्ध छ ।

धनकुटा पाख्रिवाट ७, उदयपुरको रौतामाई गाइघाट, खोटाङ हलेसी चुवाचुङ सडकखण्ड पनि ठप्प भएको छ । ओखलढुंगाको मानेमञ्ज्याङ ७, सिन्धुलीको गोलञ्चोर ५ र रामेछापको मन्थली ६ मा अबरुद्ध सडक खुलाउने प्रयास भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

देशभर बाढी र वर्षाको क्षतिका विवरण आउन थालेपछि गृह मन्त्रालयले सुरक्षा साथ बस्न सर्वसाधारणलाई अपिल गरेको छ । स्थानीय प्रशासन, सुरक्षा निकाय लगायतलाई सम्बन्धित क्षेत्रमा उच्च सतर्कताका साथ काम गर्न पनि गृहले निर्देशन दिएको छ ।

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage