scheduleसोमवार आश्विन ६ गते, २०७६

सप्तकोशी ब्यारेजमा रातो बत्ती, २९ ढोका खोलिए


इटहरी, २७ असार । सप्तकोशी ब्यारेजमा रातो बत्ती बालिएको छ । सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेकभन्दा माथि पुगेपछि रातो बत्ती बालिएको हो ।

कोशीमा पानीको बहाव १५०००० क्युसेक पुगेपछि रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने गरिन्छ । शुक्रबार साँझ ७ बजेको मापनअनुसार कोशीमा पानीको बहाव २ लाख १७ हजार ५१५ क्युसेक रहेको छ ।

जिल्ला प्रसासन कार्यालयका अनुसार कोशी ब्यारेजमा हाल पानी निकासीको लागि ५६ मध्ये २९ वटा ढोका खोलिएका छन् । पानीको बहावमा निरन्तर वृद्धि भएसँगै ब्यारेजमा खतराको संकेतस्वरूप रातो बत्ती बालिएको छ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Vianet
default-addImage