scheduleबुधवार आश्विन २९ गते, २०७६

बाढीपहिरोमा परी १७ जनाको मृत्यू, ७ बेपत्ता, ७ घाइते


काठमाडौँ, २८ असार । अविरल वर्षाका कारण गएको बाढी पहिरोमा परी १७ जनाको ज्यान गएको छ भने ७ जना बेपत्ता भएका छन् ।

गृह मन्त्रालयले शुक्रबार राती सार्वजनिक गरेको तथ्यांकअनुसार ७ जना घाइते समेत भएका छन् । पहाडमा बाढी र पहिरोको समस्या देखिएको छ भने तराईमा बाढी र डुबानका समस्या देखिएका छन् ।

गृह मन्त्रालयले आफ्नो आपत्कालीन उद्धार संयन्त्र तयारी र चुस्त राखेको जनाएको छ । नदी र खोला किनाराका जनमानसमा त्रास फैलिएको छ ।

अविरल वर्षाका कारण राजमार्गमा समेत समस्या देखिँदा मानिसहरुलाई आवतजावतमा समस्या देखिएका छन् । तराईका जिल्लाहरुमा खानेपानीका समस्या पनि देखिएका छन् ।

गृह मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा यस्तो देखिन्छ क्षति-

३ जनाको मृत्यु – कागेश्वरी मनोहरा नगरपालिका ६ मूलपानी बाबाचोकमा पर्खाल भत्किएर टहरोमा पर्दा ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया नितु यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु।

२ जनाको मृत्यु- भोजपुरमा पहिरोले पुरिएर बासिखोराका ६६ वर्षीय रामप्रसाद राई र टेम्के मैयुङ गाउँपालिकाका १४ वर्षीय जनक विकको मृत्यु।

२ जनाको मृत्यु- काभ्रेको बनेपा नगरपालिका-३ नालामा घर भत्किँदा ५० वर्षीया गोमा दंगाल, ७ वर्षीया सोहनी दंगालको मृत्यु।

१ जनाको मृत्यु- ललितपुरकोको वाग्मती गाउँपालिका २ बगुवामा पहिरोले घर पुरिँदा ११ वर्षीय शरद जिम्बाको मृत्यु।

१ जनाको मृत्यु- रामेछाप नगरपालिका-५ करमटारमा गोठ भत्किँदा ७२ वर्षीया पदमकुमारी सुनवारको मृत्यु।

१ जनाको मृत्यु- पर्साको पर्सागढी नगरपालिका १ सिंग्याही खोलाले बगाउँदा १० वर्षीय बालकको मृत्यु।

१ जनाको मृत्यु- महोत्तरीको बलवा नगरपालिका ३ बदियाका ७० वर्षीय हमिद मियाको खोलाले बगाउँदा मृत्यु।

१ जनाको मृत्यु- सिन्धुलीको फिक्कल गाउँपालिका-१ महादेवडाडामा पहिरोले बगाउँदा ३५ वर्षीया हेमकुमारी सुनवारको मृत्यु।

१ जनाको मृत्यु- धादिङको गजुरी गाउँपालिकमा १ दरिमटारकी ८ वर्षीया अस्मिता तामाङको घर भत्किएर मृत्यु।

२ जनाको मृत्यु- खोटाङ खोटेहाङ गाउँपालिका-२ नम्बर वडामा पहिरो गएर विष्णु राईको घर भत्केर श्रीमती रेखा राई र छोरा रोमन राई ४ वर्ष र रोहन राई ७ महिनाको मृत्यु।

१ जनाको मृत्यु- मकवानपुरको थाहा नगरपालिका ४ की सन्तमाया बलामी खोला तर्ने क्रममा मृत्यु।

बेपत्ता हुनेहरु :

कुलेश्वरमा मनमती खोलाले बगाएर ल्याएको सिलिन्डर छोप्न जाने क्रममा ३० वर्षीय विनोद चौधरी बेपत्ता।

खोटाङको खोटेहाङ गाउँपालिका वाल्खुवामा पहिरो जाँदा विष्णु राईकी श्रीमती र दुई छोरा बेपत्ता।

पाँचथरको मिक्लाजुङ गाउँपालिका ४ मा खोलाले बगाउँदा ९ वर्षीय दिवन राई बेपत्ता।

मोरङ कानेपोखरी गाउँपालिका २ को गेउरिया खोलमा परिचय नखुलेको एक बेपत्ता।

महोत्तरीको बलवा नगरपालिका ३ बदियाका हमिद मियालाई खोलाले बगाउँदा बेपत्ता
Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Peoples Dental college
Nepali Patro
Parikalpana
Mountain Delight
Vianet
default-addImage