scheduleसोमवार माघ १३ गते, २०७६

पहिरोमा पुरिएर एकै घरका ३ जनाको ज्यान गयो

भोजपुर, २८ असार । अविरल वर्षातसँगै खसेको पहिरोले घर पुरिएर भोजपुरमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ।

भोजपुरोक रामप्रसाद राई गाउँपालिका ५, मानेभञ्ज्याङको चोन्ताङस्थित स्थानीय कुमार राईको घर पहिरोले पुरिँदा उनकी श्रीमती मनकुमारी राई, दुई छोरा शिवकुमार राई र शक्तिकुमार राईको घटनास्थलमै मृत्यु भएको हो।

घरमा बसिरहेका आमा, छोरालाई शनिबार बिहान करिब पौने १० बजेतिर घरमाथिबाट खसेको पहिरोले पुरेपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंशीले जानकारी दिए।

घरायसी कामले श्रीमान गाउँ निस्केका बेला पहिरोले श्रीमती र छोराहरुलाई पहिरोले पुरेको प्रहरीको भनाई छ।

स्थानीय गाउँबासीले मृतक शव निकाल्न नसकेपछि जेसिबी बोलाइएको प्रहरीले जनाएको छ। राईको घर भिरालो जमिनमा थियो।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय