बाढीले पुल बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध, यात्रु बीचैमा अलपत्र
काठमाडौं, २८ असार । पूर्वपश्चिम राजमार्ग अन्तर्गत महोत्तरीमा रहेको भब्सी खोलाको पुल बाढीले बगाएको छ ।
भब्सी खेला पुल भत्किएसँगै पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाको कारण भब्सी पुल बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो । उक्त राजमार्गमा यातायात समेत पूर्णरुपमा ठप्प भएको छ ।
शुक्रबार राती करिब १२ बजे बाढीले पुल बगाएको थियो । राजमार्ग अवरुद्ध भएपछि यात्रुहरु समेत बीच बाटोमा नै फसेर अलपत्र परेका छन् ।