scheduleशनिवार भाद्र ७ गते, २०७६

मार्क जुकरबर्गलाई ठूलो धक्का, फेसबुकमाथि खर्बौं रुपैया जरिवाना

एजेन्सी, २८ असार । चर्चित सामाजिक सञ्जाल फेसबुकले अमेरिकी सरकारलाई जरिवाना स्वरुप खर्बौं रुपैयाँ दिनुपर्ने भएको छ ।

अमेरिकी नियामक निकायले तथ्याङ्कको गोपनियता कायम राख्न नसकेको मुद्दामा फेसबुकलाई पाँच अर्ब अमेरिकी डलर (साढे पाँच खर्ब नेपाली रुपैयाँ) जरिवाना दिन भनेको अन्तर्राष्ट्रिय समाचारमाध्यमले जनाएका छन् ।

फेडरल ट्रेड कमिशन एफटीसीले केम्ब्रिज एनलिटिका नामक राजनीतिक परामर्श संस्थाले फेसबुकबाट आठ करोड ७० लाख प्रयोगकर्ताको तथ्याङ्क प्राप्त गरेको मुद्दामा अनुसन्धान गरिरहेको छ।

एसटीसीमा यस सम्बन्धमा मतदान हुँदा ३-२ मतले फेसबुकको जरिबाना तय भएको बताइएको छ। एफटीसीले सन् २०१८ को मार्च महिनामा अनुसन्धान सुरु गरेको थियो।

फेसबुकले सन् २०११ को एउटा सहमति भङ्ग गर्यो कि गरेन् भन्नेमा उक्त अनुसन्धान केन्द्रित थियो। सो सहमतिमा फेसबुकले तथ्याङ्क अरूलाई दिँदा प्रयोगकर्तालाई जानकारी दिनुपर्ने र उनीहरूबाट सहमति लिनुपर्ने प्रावधान छ।

द वाल स्ट्रीट जर्नलमा प्रकाशित समाचार अनुसार एफटीसीमा सत्तारूढ रिपब्लिकन समर्थकहरूले फेसबुकलाई पाँच अर्ब डलर जरिबाना लगाउनुपर्ने पक्षमा र डेमोक्र्याटहरू विपक्षमा रहेका थिए।

जरिवाना रकम फेसबुकले अनुमान गरेकै जति छ। फेसबुकले अप्रिलमा आफ्ना शेयरधनीहरूलाई ठूलो जरिवानाको लागि त्यतिनै रकम छुट्टाएर राखेको बताएको थियो। यो स्वीकृत भएको अवस्थामा कुनै पनि प्रविधि कम्पनीमाथि एफटीसीले लगाएको सबैभन्दा ठूलो जरिबाना हुनेछ।

फेसबुकका लागि भने यो रकम वार्षिक नाफाको एक चौथाइभन्दा केही बढी हो।

 

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage