scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

पहिरोमा परी मोटरसाइकलमा सवार १ जनाको मृत्यु

काठमाडौं, २८ असार । सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सडकखण्डमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ ।

अविरल वर्षापछि शनिबार दिउँसो पाल्पाको तिनाउ गाउँपालिकास्थित हेडबक्स नजिकै पहिरो खसेको थियो । पहिरोमा परेर मोटरसाइकलमा सवार पाल्पाको मित्याल गाउँपालिका ९ का ३२ वर्षीय धनवहादुर सुनारी मगरको मृत्यु भएको छ ।

लु ५० प ४६७१ नम्बरको मोटरसाइकलमा बुटवलबाट पाल्पा जाँदै गरेका उनी पहिरोमा परेका थिए ।

सडक माथिबाट करिब ३० मिटर पहिरो झरेको प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ । पहिरोका कारण बुटवल–पाल्पा खण्ड अवरुद्ध छ ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage