scheduleमगलवार मंसिर २४ गते, २०७६
Bajaj
Global IME

परीक्षा सकेर घर फर्केका ३ युवती खोलाले बगाउँदा बेपत्ता

इलाम, २८ असार । माई नगरपालिकामा बाढीले बगाएर तीन जना किशोरी बेपत्ता भएका छन्।

इलामको माई नगरपालिका–१ निवासी आकृति लिम्बू, निशा साउदेन र सुनिता साउदेन बेपत्ता भएका हुन्। जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीका अनुसार माई नगरपालिका–६ गोतामे माविमा शुक्रबार परीक्षा सकेर आज घर जाने क्रममा उनीहरुलाई खोलाले बगाएको हो।

माई नगरपालिका–६ बरधरे भन्ने स्थानबाट माइखोला तरेर घर जाने क्रममा उनीहरुलाई खोलाले बगाएको भण्डारीले जानकारी दिए।

उनीहरुको खोजीका लागि जिल्ला प्रहरी कार्यालय इलाम र चिसापानी प्रहरी चौकीबाट प्रहरी खटाइएको बताइएको छ। निरन्तरको पानीका कारण उद्धार कार्यमा समस्या भएको उनले बताए। खोलाले बगाएर शुक्रबार इलाम चुलाचुली गाउँपालिकाका अञ्चल लावतीको मृत्यु भएको थियो।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage