scheduleआइतवार भाद्र ८ गते, २०७६

सोमालियाको एउटा होटलमा आक्रमण, २६ जनाको मृत्यु


एजेन्सी, २८ असार । सोमालियाको एउटा होटलमा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये धेरै विदेशी नागरिक रहेका छन् ।

घटनामा परी ५६ जना घाइते भएका छन् । देशको दक्षिणी क्षेत्रमा रहेको चर्चित असासी होटलमा भएको आक्रमण अल सबाबका लडाकुहरुले गरेको दाबी गरिएको छ ।

घटनामा परी २ जना पत्रकारको पनि मृत्यु भएको पत्रकार सम्बन्धी संगठनले पुष्टि गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage