scheduleआइतवार भाद्र ८ गते, २०७६

ऋतिकको फिल्म सुपर ३० को रिभ्यु अत्यन्त राम्रो, यस्तो छ बक्स अफिस कलेक्शन

काठमाडौँ, २९ असार । गएको हप्ता रिलिज भएको फिल्म सुपर ३० ले बक्स अफिसमा ठिकै कमाइ गर्न सफल भएको छ ।

ऋतिक रोशनको लामो समयपछि रिलिज भएको यस फिल्मले पहिलो दिन ११ करोड भारुभन्दा बढीको कारोबार गरेको थियो । दोस्रो दिन यस फिल्मले १८ करोडको हाराहारीमा कमाई गर्न सफल भएको थियो ।

यस फिल्मको दुई दिनको कुल कमाई २९ करोड रहेको छ । मिडिया रिपोर्टका अनुसार यस फिल्म निर्माणका लागि कुल ११५ करोड खर्च भएको थियो । विस्तारै यस फिल्मले बक्स अफिसमा सुधारको लक्षण देखाएको छ ।

मिडिया रिपोर्टका अनुसार यस फिल्मको रिभ्यु पनि अत्यन्त राम्रो रहेको छ ।

बलिउड हंगामाले यस फिल्मलाई पाँचमा पुरै पाँच रेटिंग दिएको छ । ऋतिक रोशनको प्रमुख भुमिका रहेको यस फिल्मबारे दर्शकहरुले पनि राम्रो टिप्पणी गरेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage