scheduleआइतवार भाद्र ८ गते, २०७६

नेपालद्वारा मलेसियालाई १७४ रनको लक्ष्य, विनोदको अर्धशतक

काठमाडौं, २९ असार । नेपालले दोस्रो टी-२० अन्तर्राष्ट्रिय खेलमा मलेसियासामु १७४ रनको प्रस्तुत गरेको छ।

मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेटको क्षतिमा १७३ रन जोडेको हो।

नेपालका लागि विनोद भण्डारीले अर्धशतक प्रहार गरे। उनले नटआउट ५१ रन जोडे। विनोदले २५ बलमा ३ चौका  र ५ छक्का प्रहार गरे।

यता शरद भेष्वाकरले ४० रनको योगदान दिए । उनले २८ बलमा ४ चौका र २ छक्का प्रहार गरे। ओपनर तथा कप्तान पारस खड्काले २३ रन जोडे।उनले १९ बलमा समान २-२ चौका र छक्का हिर्काए। अर्का ओपनर पवन सर्राफ भने १० रनमै आउट भए। उनले ११ बलमा २ चौका हिर्काए।

ज्ञानेन्द्र मल्ल ३ बलमा ७ रनमा आउट भए। यस्तै रोहित कुमार पौडेलले २३ बलमा १९ रन बटुले। करण केसी १० बलमा १६ रन जोडेर आउट भए। उनले १ चौका र १ छक्का हिर्काए।

बलिङमा मलेसियाका फित्री सामले ३ विकेट लिए। उनले ३ ओभरमा २६ रन खर्चिए।

यसअघि शनिबार भएको पहिलो टी-२० खेलमा नेपालले ७ विकेटको जित हात पारेको थियो। आइतबार पनि जित हात पारे नेपालले २ खेलको सिरिज क्लिन स्विप गर्नेछ।

आगामी साउन ६ देखि सिंगापुरमा हुने आइसिसी टी-२० विश्ववकप एसिया छनोट प्रतियोगिताको तयारीका लागि नेपालले मलेसियासँग २ खेलको टी-२० सिरिज खेलेको हो।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage