scheduleबिहिवार भाद्र ५ गते, २०७६

भानुजयन्ती देश-विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, २९ असार । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज (आइतबार) २०६औं जन्मजयन्ती हो ।

देश तथा विदेशमा आदिकवि आचार्यको जन्मजयन्ती विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइँदै छ। भानु जयन्तीको अवसरमा आज भानु प्रतिष्ठानलगायत विभिन्न साहित्यिक संघसंस्थाले कार्यक्रम आयोजना गरेका छन्।

वि. स १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका आचार्यले ‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरीे नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा महत्वपूर्ण योगदान पुर्‍याएका थिए।

धनञ्जय र धर्मावतीदेवीका छोरा भानुभक्तका ‘प्रश्नोत्तर’ ‘भक्तमाला’ ‘वधूशिक्षा’ ‘रामगीता’ तथा दर्जनौँ फुटकरलगायत साहित्यिक कृति प्रकाशित छन्।

नेपालमा मात्र नभई भारतको दार्जिलिङमा समेत हरेक वर्ष भानुजयन्ती भव्य रूपमा मनाउने गरिन्छ।

आचार्यको वि. स १९२३ असोज ६ गते निधन निधन भएको थियो।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage