scheduleशनिवार भाद्र ७ गते, २०७६

भारतले सोमबार चन्द्रमा अत्याधुनिक अन्तरीक्षयान पठाउँदै

एजेन्सी, २९ असार । भारतले जुलाई १५ अर्थात भोली सोमबार चन्द्रमा तर्फ एक अन्तरिक्षयान पठाउन लागेको छ ।

राष्ट्रिय प्रतिष्ठाको रुपमा हेरिएको चन्द्रमा अभियान अर्थात् चन्द्रयान -२ को लागि भारतीय अन्तरीक्ष अनुसन्धान संगठनले यान प्रक्षेपणको तयारी पूरा गरेको भारतीय समाचार माध्यमले जनाएका छन् । सोमबार जुलाई १५ गते नै यो यान प्रक्षेपण गर्ने तयारी पूरा भएको संगठनका अध्यक्ष के सिवनले बताएका हुन् ।

भारतीय अन्तरीक्ष अनुसन्धान संगठनका अनुसार चन्द्रयान-२ को उद्देश्य चन्द्रमाको उत्पत्ति तथा विकासबारे विस्तृत अध्ययन गर्ने रहेको छ । भेंकेश्वर मन्दिरमा पूरा गरेपछि जुलाई १५ सोमबारका दिन चन्द्रयानको प्रक्षेपण हुने समाचारमा बताइएको छ ।

सन् २००८ भारतले चन्द्रमा यान पठाएको थियो । सोही अभियानको एउटा अंगको रुपमा नयाँ अभियानलाई हेरिएको छ ।

भारतले पठाउन लागेको चन्द्रयान सेप्टेम्बर ६ मा चन्द्रमा अवतरण हुनेछ । हालसम्म कुनै पनि यान अवतरण नभएको चन्द्रमाको दक्षिणी ध्रुवमा यो यान उत्रने छ ।

चन्द्रयान-२ लाई जीएसएलवी मैक-3 द्वारा प्रक्षेपित गरिने छ । यो रकेटलाई भारतीय वैज्ञानिकले ‘बाहुबली’ को नाम दिएका छन् । यसको तौल ४ टन भएका बाहुबली नाम राखिएको हो ।

सन् २०२१ सम्ममा अन्तरीक्षमा मानव पठाउने योजना भारतको छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage