scheduleआइतवार भाद्र ८ गते, २०७६

विश्वकप क्रिकेट फाइनल : न्युजिल्याण्डले इङल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्दै

काठमाडौँ, २९ असार । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको फाईनल खेलमा आज न्युजिल्याण्ड र ईङ्ल्याण्ड आमने सामने हुँदैछन् ।

भर्खरै न्युजिल्याण्डले लड्समा टस जितेर इङल्याण्डविरुद्ध पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । यी दुबै टोलीबीचको खेल केही समयपछि सुरु हुँदैछ ।

आजको खेल जितेर इतिहास रच्ने उद्देश्यले दुबै टोली मैदानमा उत्रने छन् ।

मिडिया रिपोर्टका अनुसार इंग्ल्याण्ड न्युजील्याण्डभन्दा धेरै बलियो टोली हो । तर, भारतलाई जसरी न्युजील्याण्डले पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको थियो, त्यसरी नै इंग्ल्याण्डमाथि जित हात पार्ने सम्भावना पनि उत्तिकै रहेको बताइएको छ ।

केन विलियम्स कप्तानीमा विश्वास गर्न सकिने समिक्षकहरु बताउँछन् ।

यस अघि पनि फाइनलको यात्रा तय गरिसकेको न्युजील्याण्ड यसपटक इतिहास रच्न तत्पर देखिन्छ ।

न्युजील्याण्डको कमजोरी ओपनिंग व्याट्सम्यानमा देखिएका कारण फाइनलमा त्यस्तो गल्ती नगर्ने दाउमा उनीहरु रहेका छन् । कालिन मुनरो र मार्टिन गुप्टिल दुवै अनुभवी ब्याट्सम्यान हुन् ।

केन विलियम्स र रास टेलरलाई इंग्ल्याण्डको बलिङको सही जबाफ दिनुपर्ने समिक्षकहरु बताउँछन् ।
बलिङ र फिल्डिङमा न्युजिल्याण्डको प्रदर्शन राम्रो रहेको छ ।

अष्ट्रेलिया जस्तो बलियो टोलीलाई पाखा लगाएको इंग्ल्याण्डले न्युजिल्याण्डलाई पराजित गर्न हरसम्भव प्रयास गर्नेछ ।

यसपटक निकै फर्ममा देखिएको इंग्ल्याण्डको हरेक क्षेत्र उत्तिकै बलियो र उत्कृष्ट देखिन्छ ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage