scheduleआइतवार भाद्र ८ गते, २०७६

नेप्से झिनो अंकले बढ्यो

काठमाडौं, २९ असार । साताको पहिलो दिन आज नेप्से झिनो अंकले बढेको छ । तर नेप्से बढे पनि कारोवार रकम भने बिगतको तुलनामा घटेको छ ।

साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से शुन्य दशमलव ९५ अंकले बढेर १२ सय ४९ दशमलव ४९ अंकमा पुग्दा सेन्सिटिभ पनि शुन्य दशमलव २४ अंकले बढेर दुई सय ६८ दशमलव ५७ अंकमा चढेको छ ।

आज एक सय ६१ कम्पनीहरुको चार हजार नौ सय २१ वटा कारोबारमा १० लाख ४२ हजार छ सय ४६ कित्ता सेयर किनबेच भएकाछन् भने सेयर कारोबार रकम २८ करोड ५२ लाख १४ हजार पाँच सय ७२ रुपैयाँ पुगेको छ ।

आज ११ वटा समुहको कारोबार भएकोमा छ वटा समुहले कमाए पनि पाँच वटा समुहले भने गुमाएकाछन् । जसमध्ये गुमाउने समुहमा परेको वाणिज्य बैंक समुहको सुचक शुन्य दशमलव ६१ अंकले घटेर ११ सय २६ दशमलव १५ अंकमा पुग्दा निर्जिवन बीमा समुहको सुचक पनि शुन्य दशमलव १२ अंकले घटेर पाँच हजार ४४ दशमलव १३ अंकमा पुगेको छ ।

फाईनान्स, उत्पादनमुलक र लघुबित्त समुहको सुचक पनि घटेको छ । विकास बैंक, जलबिद्युत, होटल, जीवन बीमा, अन्य र सामुहिक लगानी कोष समुहको सुचक भने आज बढेकाछन् ।

कमाउने कम्पनीहरुको सुचीमा आज महुली समुुदायिक लघुबित्त बित्तीय संस्था, नबिल इक्विटी फण्ड आदि परेकाछन् भने गुमाउने कम्पनीहरुको सुचीमा मल्टीपर्पोस फाईनान्स, अरुण कावेली पावर लिमिटेड आदि परेकाछन् । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीह्रुको सुचीमा भने नागरिक लगानी कोष, मेगा बैंक आदि परेकाछन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage