scheduleबुधवार भाद्र ४ गते, २०७६

‘विषादीको प्रयोग कम गर’ उपभोक्ताको माग


पर्वत, २९ असार । तरकारीमा हुने विषादीको प्रयोगलाई निरुत्साहित गर्नुपर्ने पर्वतका सर्वसाधारणहरुले माग गरेका छन् ।

उनीहरुले भारतीय तरकारीमा मात्रै नभई जिल्ला भित्रका विभिन्न स्थानमा उत्पादन हुने तरकारीमा पनि अनियन्त्रित रुपमा विषादीको प्रयोग हुने गरेको भन्दै सम्बन्धित निकायले यसतर्फ ध्यान दिनुपर्ने बताएका छन् । कुश्मा नगरपालिकाले आयोजना गरेको विषादीको नियन्त्रण विषयक कार्यक्रममा बोल्ने सर्वसाधारणहरुले तरकारीको विषादी रोक्न माग गरेका हुन् ।

कृषि ज्ञान केन्द्रका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत बासुदेब रेग्मीले किसानहरुलाई विषादीको प्रयोग सम्बन्धि ज्ञान दिने कार्यक्रम सञ्चालन गर्ने बताए । उनले व्यवसायिक रुपमा तरकारी खेती गर्ने कृषकहरुले विषादीको प्रयोग गर्नुपर्ने बाध्यता जस्तै रहेको तर यसलाई केहि कम गर्ने र विषादीको प्रयोग गरेका तरकारी प्रयोग गरेको कम्तिमा दुई हप्तासम्म बजारमा नपठाउन किसानलाई अनुरोध गर्ने बताए ।

कृषकहरुले आफुहरुले अर्गानिक तरकारी उत्पादन गर्दा बजारमा विक्री नहुने गरेको भन्दै आम उपभोक्ताहरुलाई अर्गानिक तरकारी प्रयोग गर्ने बानी नै नभएको भन्दै दुःख व्यक्त गरे । कार्यक्रममा जिल्ला अस्पतालका डाक्टर भक्त गुरुङले विषादीयुक्त तरकारीले मानव स्वास्थ्यमा हुने हानीको बारेमा अवगत गराए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage