scheduleआइतवार भाद्र ८ गते, २०७६

रोमाञ्चक फाइनल खेलः यसरी न्युजिल्याण्डलाई पराजित गर्दै इंग्ल्याण्डले जित्यो विश्वकपको उपाधि

काठमाडौँ, ३० असार । १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि आयोजक देश इंग्ल्याण्डले जित्न सफल भएको छ ।

न्युजिल्याण्डलाई सुपर ओभरमा पराजित गर्दै इंग्ल्याण्डले उपाधि जित्न सफल भएको हो । पहिलो पटक एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जित्न सफल इंग्ल्याण्ड एक दिवसीय विश्वकप जित्ने नयाँ राष्ट्र पनि बन्न सफ भएको छ । दुईपटक फाइनलको यात्रा तय गरेको न्युजिल्याण्ड भने यसपटक पनि पराजित भएको छ । यस अघिको विश्वकपमा न्युजिल्याण्ड अष्ट्रेलियासँग पराजित भएको थियो ।

टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाएर २४१ रन बनाएको थियो । इंग्ल्याण्डले ५० ओभरमा अलआउट हुँदै २४१ रन बनाउन सफल भएको थियो । खेल सुपर ओभरमा गएपछि रोमाञ्चक मोड आएको थियो ।

सुपर ओभरमा इंग्ल्याण्डले १५ रन जोड्यो । १६ रनको लक्ष्य पाएको न्युजिल्याण्डले १५ रन नै बनायो । अति नै रोमाञ्चक खेलमा समान स्कोर भएपनि सुपर ओभरमा बढी बाउन्ड्री प्रहार गरेको कारण इंग्ल्याण्डले उपाधि चुम्न सफल भयो ।

इंग्ल्याण्डले २४ बाउन्ड्री प्रहार गरेको थियो भने न्युजिल्याण्डले १६ बाउन्ड्री प्रहार गरेको थियो ।

न्युजिल्याण्डका जेम्स निशम र लकी फर्गुसनले तीनतीन विकेट लिन सफल भएका थिए ।

न्युजिल्याण्डको लागि हेनरी निकोलस ५५ रन, टम लाथम ४७ रन, कप्तान केन विलियम्सन ३० रन, मार्टिन गुप्टिल र जेम्स निशमले समान १९ रन, कोलिन डी ग्रान्डहोमले १६ रन जोडेका थिए ।

इंग्ल्याण्डका क्रिस वोक्स र लियाम प्लुन्केटले तीनतीन विकेट लिन सफल भएका थिए ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage