scheduleआइतवार भाद्र ८ गते, २०७६

जोकोभिकले इतिहास रच्दै जिते विम्बल्डनको उपाधि

काठमाडौँ, ३० असार । विश्व नम्बर एक तथा सर्बियन स्टार नोभाक जोकोभिकले रोजर फेडेररलाई टाईब्रेकमा पराजित गर्दै विम्बल्डन टेनिसको उपाधि जित्न सफल भएका छन् । ऐतिहासिक जित निकाल्न जोकोभिकलाई ४ घण्टा ५७ मिनेट लागेको थियो । विम्बल्डनको इतिहासमा यो हालसम्मकै लामो फाइनल खेल हो ।

रोमाञ्चक खेलमा फेडेरर जोकोभिकसँग ७-६ (७-५), १-६,७-६(७-४) र १३-१२ (७-३) को प्रतिस्पर्धात्मकसेटमा पराजित गरे ।

करिअरको १६ औं ग्राण्डस्लाम उपाधि जितेका जोकोभिकले सर्वाधिक ग्राण्डस्लाम उपाधि जित्ने तेस्रो खेलाडी पनि बन्न सफल भएका छन् । फेडेररले २० र राफायल नाडालले १८ पटक ग्राण्डस्लाम उपाधि जितेका छन् ।

Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
default-addImage