scheduleशनिवार माघ ११ गते, २०७६

युएईमा कार्यरत नेपालीका आफन्तले नो अब्जेक्सन लेटर नपाउने

काठमाडौं, ३० असार । संयुक्त अरब इमिरेट्स (युएई)मा कार्यरत नेपालीका आफन्तले भ्रमण भिसाका लागि नो अब्जेक्सन लेटर नपाउने भएका छन्।

युएईका लागि नेपाली दूतावासले आइतबार सूचना जारी गरी यसअघि दूतावासले दिँदै आएको त्यस्तो लेटर आजदेखि नपाउने बताएको छ।

‘संयुक्त अरब इमिरेट्सको भिजिट भिसामा आउन चाहने संयुक्त अरब इमिरेट्समा कार्यरत नेपालीहरूका नजिकका नातेदारहरू (श्रीमान् वा श्रीमती, आमा, बुवा, सासू, ससुरा र छोराछोरीलाई जारी हुँदै आएको नो अब्जेक्सन लेटर असार ३० गतेदेखि जारी गरिने छैन’,दूतावासको सूचनामा उल्लेख छ ।

यसअघि युएईमा जागिर गर्ने नेपालीका आफन्तहरू भ्रमण भिसामा युएई जान चाहे भने दूतावासले नो अब्जेक्सन लेटर लेखिदिन्थ्यो, त्यसले उनीहरूलाई सजिलो हुन्थ्यो।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय