scheduleबुधवार कार्तिक २७ गते, २०७६

अमेरिकाले प्रतिबन्ध हटाए वार्ता गर्न तयार छौं: इरानी राष्ट्रपति

एजेन्सी, ३० असार । इरानका राष्ट्रपति हसन रूहानीले अमेरिका सबै प्रतिबन्ध हटाउन तयार भएमा आफूहरू वार्तामा बस्ने बताएका छन् ।

आफूहरूलाई अमेरिकाले धम्की दिन बन्द गर्नुपर्ने रूहानीको भनाइ छ । ‘इरानले अहिले संयम त्यागेर जवाफी कारवाहीको नीति अपनाएको छ । आणविक सम्झौतासँग जोडिएको विषयमा हाम्रो प्रतिकूल हुने कुनै पनि कदमको हामी कठोरतापूर्वक जवाफ दिन्छौं ।’

अघिल्लो महिना ओमानको खाडीमा दुई तेल ट्यांकरमा विस्फोट अनि इरानले अमेरिकाको जासूसी ड्रोन खसाएपछि अमेरिका र इरानबीच तनावको स्थिति छ ।

जर्मनी, फ्रान्स र बेलायतले अन्तर्राष्ट्रिय आणविक सम्झौताअन्तर्गत संयुक्त कारवाही योजनाका सबै सदस्यको बैठक आह्वान गरेका छन् । अमेरिकाले इरानमाथिको प्रतिबन्ध कस्दै लग्दा र इरानले आणविक सम्झौताका प्रावधान तोड्दै युरेनियम संवर्द्धन गर्न थाल्दा तनाव झनै बढ्ने खतरा उत्पन्न भएको उनीहरूको निष्कर्ष छ ।

इरानले आणविक सम्झौताअन्तर्गत युरेनियम संवर्द्धनको सीमा ३.६७ प्रतिशतलाई बढाएर ४.५ प्रतिशत पुर्‍याएको छ ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले पोहोर साल मे ८ मा इरानसँगको सम्झौताबाट अमेरिकालाई झिकेका थिए । त्यसपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको थियो । सम्झौताका प्रावधान लागू गर्ने विषयमा पनि संशय छ ।

संयुक्त राष्ट्रसंघका लागि इरानी राजदूत माजिद तख्त रवान्चीले इरानमाथि प्रतिबन्धको दबाब अमेरिकाले बढाइरहुन्जेल इरान उससँग वार्ता गर्न तयार नहुने बताएका छन् । उनले भने, ‘हामी दबाबसामु झुक्दैनौं । उसले फेरि हामीमाथि दबाब बढाउँदैछ र प्रतिबन्ध थपेको छ । उसको यस्तो रणनीति हुन्जेल दुई देशबीच वार्ता हुँदैन ।’

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage