scheduleशुक्रवार माघ १० गते, २०७६

कैलालीमा बस दुर्घटना, १० जना घाइते

कैलाली, ३० असार । कैलालीको मध्यवर्ती बर्गगोरिया गाउँपालिका वडा नम्बर ४ मुढामा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन्।

महेन्द्रनगरबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ७१६७ नम्बरको बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिए।

उनका अनुसार बसको टायरको रड भाच्चिँएर अनियन्त्रित हुँदा दुर्घटना भएको हो। घाइते यात्रुको घोडाघोडी अस्पताल सुख्खडमा उपचार भइरहेको इलाका प्रहरी निरीक्षक जोशीले बताए। बसमा ३० जना यात्रु सवार रहेका थिए।

default-addImage
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय