scheduleशनिवार मंसिर २८ गते, २०७६
Bajaj
Global IME

बाढी प्रभावित क्षेत्रमा सर्पदंशका घटना बढे

राजबिराज, ३० असार । बाढी प्रभावित क्षेत्रमा अहिले सर्पको डसाई एक्कासी बढेको छ। सर्पले डसेर सप्तरीको बाढी प्रभावित क्षेत्रका एकैदिन ३ जना घाइते भएपछि बाढी पिडित थप त्रासमा परेका छन् ।

बाढीसँगै बगेर आउने सर्पले डस्दा सोमबार जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका १ का ५० बर्षीय रामकिसुन सदा, हनुमाननगर कंकालिनी नगरपालिका ७ का ६२ बर्षीय कृतन मण्डल र राजविराज नगरपालिका १२ का ३६ बर्षीय रामकुमार यादव घाइते भएका छन् । बाढीबाट जोगिन घरको खाटमा बसेका उनीहरुलाई बाढीसँगै बगेर आएको सर्पले टोकेको पिडितका आफन्तले बताएका छन् ।

तिनै जनालाई अहिले उपचारका लागी सदरमुकाम राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा भर्ना गरिएको छ । अस्पतालको आकस्मिक कक्षका अहेव महानारायण यादवका अनुसार गर्मी र ५ दिनदेखिको लगातारको बर्षासँगै आएको बाढीले सर्प जमिनबाट बाहिर आउँदा सर्पदंसका घटना हवात्तै बढेको छ ।

अस्पतालको तथ्यांक अनुसार विगत ५ दिन यता सर्पदंशका ४४ जना विरामी उपचारका लागी आएका छन भने दैनिक ४ देखि ७ जनासम्म सर्पदंशबाट घाइते भई उपचारका लागी आउने गरेका छन् । जसमध्ये अधिकांश जिल्लामा बाढीबाट सर्वाधिक प्रभावित तिलाठी कोईलाडी गाउँपालिका, हनुमाननगर कंकालिनी नगरपालिका र राजविराज नगरपालिकाको ग्रामिण भेगका वडाका बासिन्दाहरु छन् ।

यस्तै जिल्ला अस्थित अन्य अस्पताल, सर्पदंश उपचार केन्द्र तथा प्राईभेट क्लिनिकहरुमा समेत सर्पदंशका विरामीहरु हवात्तै बढेको सम्बद्घ संचालकहरुले बताएका छन् । सर्पदंशको घटना हवात्तै बढेपछि अस्पतालमा एन्टीस्नेक भेनम नामक औषधी प्रयाप्त मात्रामा झिकाई स्टक गरिएको गजेन्द्र नारायण सिंह अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमन लाल दासले बताए ।

सप्तकोशी, खाडो, जिता, बलान, महुली, त्रियुगा, खडग, भलुवाहीलगायतका नदी खोलामा आएको बाढीले सोमबार सम्मा जिल्लामा ३ हजार ५ सय भन्दा बढी घर डुवानमा परेका छन् भने ४ सय परिवार विस्थापित भएका छन् ।

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Century Bank
Peoples Dental college
Nepali Patro
Nabil Bank
Vianet
default-addImage