scheduleबुधवार कार्तिक २७ गते, २०७६

देहव्यापारको आरोपमा सातजना प्रहरी नियन्त्रणमा


धनगढी, ३० असार । धनगढीको विकास होटल र होटल रोयल प्लेसमा यौन व्यापार गराउने कार्यमा संलग्न रहेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, रक्षपुरम मेरठका मिलिङ्गी त्यागी, विश्वदीप त्यागी, अभिषेक सिनसिनवार, धनगढीका सदानन्द राना, रामशरण राना र सन्तबहादुर थापा, कञ्चनपुर बेलौरीका अक्षय राना रहेको जिल्ला प्रहरी कार्यालयका कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

होटलमा देहव्यापार हुने गरेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । शनिबार राति उनीहरुलाई पक्राउ गरिएकामा प्रहरीले सोमबार मात्र उक्त घटना सार्वजनिक गरेको हो । रासस ।

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage
Loading...
प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

IME
Peoples Dental college
Nepali Patro
Vianet
default-addImage